88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन

हाम्रो बारेमा

Nepaliko Radio 88.8 MHz एफ.ब्याण्ड र अनलाईन मार्फत संसारभर सुन्न सकिने रेडियो तथा डिजिटल रेडियो स्टेशन हो ।

नेपाली भाषा, नेपाली समाज, संस्कृति, कला, मनोरञ्जन, सूचना तथा समसामयिक घटनासँग सम्बन्धित विश्वसनीय सामग्रीलाई सहज रूपमा श्रोता तथा पाठकमाझ पुर्‍याउने हाम्रो उद्देश्य हो।

Nepaliko Radio मार्फत तपाईंले अनलाइन रेडियो प्रसारण सँगै एफएम ब्याण्डको ८८.८ मेगाहर्ज बाट देश तथा विदेशका महत्वपूर्ण समाचार, समसामयिक जानकारी, मनोरञ्जनात्मक सामग्री तथा उपयोगी सूचनाहरू प्राप्त गर्न सक्नुहुन्छ।

हामी डिजिटल प्रविधिको प्रयोग गर्दै नेपाली सञ्चारलाई अझ सहज, पहुँचयोग्य र प्रभावकारी बनाउने प्रयासमा निरन्तर अगाडि बढिरहेका छौँ।

हाम्रो उद्देश्य :

* नेपाली श्रोता तथा पाठकलाई सहज र विश्वसनीय सूचना उपलब्ध गराउनु।
* अनलाइन रेडियो प्रसारणलाई अझ प्रभावकारी बनाउनु।
* नेपाली भाषा, कला, संस्कृति र मौलिकतालाई प्रवर्द्धन गर्नु।
* समसामयिक विषयमा तथ्यमा आधारित समाचार तथा जानकारी प्रस्तुत गर्नु।
* डिजिटल माध्यमबाट नेपाल तथा विदेशमा रहेका नेपाली समुदायसँग जोडिनु।

[ Nepaliko Radio — नेपालको आवाज, तपाईंको साथ। ]