जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै सम्पर्कविहीन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आन्दोलनका क्रममा कारागारको पर्खाल भत्काएर ४४० जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये हालसम्म ३१८ जनालाई प्रहरीले पक्राउ गरी पुनः कारागारमा बुझाइसकेको छ। बाँकी १२२ जना भने अझै फरार रहेका छन्।
प्रहरीका अनुसार फरार रहेका १२२ जनामध्ये १०२ जना नेपाली र २० जना विदेशी नागरिक रहेका छन्। फरार विदेशीमध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ। प्रहरीले फरार कैदीबन्दीको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।
गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भीमफेदी कारागारको ‘क’ र ‘ख’ ब्लकबाट कैदीबन्दीहरू बाहिरिएका थिए। त्यस क्रममा ‘क’ ब्लकबाट २६० र ‘ख’ ब्लकबाट १८० गरी कुल ४४० जना फरार भएका थिए।
फरारमध्ये लागुऔषध तथा जबरजस्ती करणीसम्बन्धी मुद्दाका कैदीबन्दीको संख्या उल्लेख्य रहेको प्रहरीले जनाएको छ। फरार कैदीबन्दीहरूलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याउन प्रहरी टोली परिचालन ग