88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
राष्ट्रिय खबर

नुवाकोटमा बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र, स्वयंसेवकका लागि पास अनिवार्य

September 7, 2026 ·
नुवाकोटमा बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र, स्वयंसेवकका लागि पास अनिवार्य
पढ्ने आकार:

२०८३ साल भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रहरूमा ठूलो धनजनको क्षति भएको छ। बाढी पश्चात् तत्काल खोज तथा उद्धार कार्यमा सबै संयन्त्रहरू एकजुट भई परिचालन भइरहेका छन ।

खोज तथा उद्धार कार्यलाई अझ व्यवस्थित, सहज र शीघ्र बनाउन स्थानीयवासीहरूको घर तथा अन्य भौतिक संरचनाहरूको खोजतलासका लागि स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीहरू प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन्। यस कार्यमा स्थानीय तह तथा वडा कार्यालयहरूबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुन समेत सूचनामार्फत अनुरोध गरिएको छ ।

साथै, भग्नावशेष उत्खननमा स्वयंसेवा गर्न चाहने स्वयंसेवकहरूले सम्बन्धित वडाबाट अस्थायी पास लिएर मात्र, सुरक्षाकर्मीसँग स्वयंसेवामा खटिन सक्ने व्यहोरा जिल्ला प्रशासन कार्यालय, नुवाकोटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस् Facebook X