(राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसदबाट आज सरकारलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले चुनावका क्रममा अघि सारेको “पैसा नहुने नागरिकले पनि सहज रूपमा उपचार पाउनुपर्ने” स्वास्थ्यसम्बन्धी एजेन्डा कार्यान्वयनमा सरकार र स्वास्थ्य मन्त्रालय कहाँ उभिएका छन् भन्दै कार्यप्रगति माग गरेकी छिन् ।
गोजीमा पैसा नभएकै कारण वा आर्थिक अभावले गर्दा गरिब तथा विपन्न नागरिक उपचारबाट वञ्चित हुनुपर्ने र सडकपेटीमै बच्चा जन्माउनुपर्ने अवस्थाको अन्त्य गर्नु पर्ने कार्य सरकार को हो भनी कडा रुपमा आज संसदमा प्रस्तुत भएकी छिन् ।
गरिब नागरिकलाई सहज उपचार पहुँच दिलाउन स्वास्थ्य मन्त्रालयले नीति-नियममा के-कस्ता परिमार्जन गरेको छ भन्नेबारे स्पष्टताको माग समेत संसदमा सांसद ओलीले गरेकी छिन् ।