88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ
विज्ञापन
पढ्ने आकार:

आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा गेरूवा गाउँपालिका-५ जुगुतपुर बस्ने १९ वर्षीय सरगम आचार्यलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

सरगमले कुटपिट गर्दा टेकराजको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विज्ञापन
यो समाचार शेयर गर्नुहोस् Facebook X