88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
entertainment-khabar

आँसु बिक्ने सहर’मा विजय थापाको स्वर र निर्देशन

August 19, 2026 ·
आँसु बिक्ने सहर’मा विजय थापाको स्वर र निर्देशन
पढ्ने आकार:

गायक तथा निर्देशक विजय थापाको स्वरमा नयाँ आधुनिक गीत ‘आँसु बिक्ने सहर’ सार्वजनिक भएको छ। गीत विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

माया, प्रेम र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको गीतमा शंकर भुजेलको शब्द तथा एनिश एन्जल राईको संगीत रहेको छ। बुद्ध स्याङबाले संगीत संयोजन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका हुन्। गीत ड्रीम्स स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियो निर्देशन स्वयं विजय थापाले गरेका छन्। भिडियोमा एमबी राउत, अप्सरा मगर र विजय थापाको मुख्य अभिनय रहेको छ।

ओम प्रसाईंले भिडियोको छायांकन, सम्पादन तथा कलरिङ गरेका छन् भने उर्मिला लामाको शृंगार र ग्यालरी हाउसको पोस्ट प्रोडक्सन रहेको छ।

सार्वजनिक भएसँगै ‘आँसु बिक्ने सहर’ले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस् Facebook X