88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
entertainment-khabar

बसन्त थापा मगरको ‘जुम्लेली हुम्लेली’ म्युजिक भिडियो सार्वजनिक

August 20, 2026 ·
बसन्त थापा मगरको ‘जुम्लेली हुम्लेली’ म्युजिक भिडियो सार्वजनिक
पढ्ने आकार:

नेपालीको रेडियो काठमाडौं ।

गायक तथा संगीतकार वसन्त थापा मगरको स्वर, शब्द तथा संगीत रहेको नयाँ गीत ‘जुम्लेली हुम्लेली’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतले ग्रामीण जीवनशैली, गाउँको मौलिकता र काठमाडौं सहरप्रतिको आकर्षणलाई रमाइलो ढंगले प्रस्तुत गरेको छ।

गीतमा गाउँले परिवेशमा रहेका मानिसहरूको सहर हेर्ने रहर, आधुनिक जीवनशैलीप्रतिको कौतुहलता तथा गाउँ र सहरबीचको भिन्नतालाई चित्रण गरिएको छ। ‘खानलाई मिठो, लाउनलाई राम्रो, हामीलाई जस्तै होला रहर, आए है घुम्नलाई काठमाडौं सहर’ जस्ता शब्दमार्फत गाउँले मनोभावलाई गीतमा समेटिएको छ।

म्युजिक भिडियोमा मोडल आशिष श्रेष्ठ, रश्मिला तामाङ, शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ लगायतको अभिनय रहेको छ। पर्यटक र गाउँले युवतीबीचको प्रेमकथालाई समेत भिडियोमा प्रस्तुत गरिएको छ।

भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् भने छायांकन ऋतिक सिंह ठकुरी र सम्पादन सौखिन तिमिल्सिनाले गरेका छन्। ग्रामीण पर्यटन, लोकसंस्कृति र गाउँको जीवनशैलीलाई प्रवद्र्धन गर्ने उद्देश्यले तयार गरिएको भिडियोले दर्शकको मन जित्ने अपेक्षा गायक थापा मगरले गरेका छन्।

‘जुम्लेली हुम्लेली’ म्युजिक भिडियो हाल युट्युबमा सार्वजनिक भइसकेको छ।

यो समाचार शेयर गर्नुहोस् Facebook X