88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
संगीत

गायिका रूपा विष्टको ‘यो रात’ म्युजिक भिडियो सार्वजनिक

August 20, 2026 ·
गायिका रूपा विष्टको ‘यो रात’ म्युजिक भिडियो सार्वजनिक
पढ्ने आकार:

नेपालीको रेडियो, काठमाडौं ।

गायिका रूपा विष्टको नयाँ गीत ‘यो रात’को म्युजिक भिडियो सार्वजनिक भएको छ। विष्टले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेकी हुन्।

‘यो रात’मा स्वर, शब्द र संगीत स्वयं रूपा विष्टकै रहेको छ। गीतको संगीत संयोजन भूपेन्द्र बज्राचार्यले गरेका छन् भने मिक्सिङ महेश्वर मान राजभण्डारीले गरेका हुन्। साउन्डमिल स्टुडियोमा रेकर्ड गरिएको गीतमा रबिन कार्कीको भायोलिनले थप मिठास दिएको छ।

प्रेम, सम्बन्ध, सम्झना र भावनात्मक अनुभूतिलाई केन्द्रमा राखिएको गीतको भिडियोमा मिशेल घिमिरे र योगेश भण्डारीको अभिनय रहेको छ। भिडियोमा गीतको भावनालाई दृश्यमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ।

भिडियोको निर्देशन तथा छायांकन सुमन सागर जंग केसीले गरेका हुन् भने क्यामेरा सुमन बस्नेतले सम्हालेका छन्। भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन्। निर्मला आचार्यको मेकअप रहेको भिडियोको पोस्ट–प्रोडक्सन लेमेलाइट नेपालले गरेको हो।

‘यो रात’ सार्वजनिक भएसँगै नेपाली सांगीतिक क्षेत्रका दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गायिका विष्टको नयाँ सांगीतिक प्रस्तुतिले प्रेम र भावनात्मक अनुभूतिलाई संगीतसँग जोड्दै दर्शक–श्रोतामाझ आफ्नो प्रभाव छोड्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस् Facebook X