88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
national

गगन थापाको आग्रह : महाधिवेशनमा आएर उद्घाटन गरिदिन देउवालाई अनुरोध

September 17, 2026 ·
गगन थापाको आग्रह : महाधिवेशनमा आएर उद्घाटन गरिदिन देउवालाई अनुरोध
पढ्ने आकार:

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीको १५ औँ महाधिवेशनमा सहभागी भएर उद्घाटन गरिदिन आग्रह गर्नुभएको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा थापाले महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले देउवाको सम्मानपूर्वक बिदाइको अवसरसमेत यही हुने बताउनुभयो ।

विशेष महाधिवेशनपछि उठेका मागहरू सम्बोधन भइसकेकाले थप अलमल आवश्यक नरहेको भन्दै उहाँले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा निर्धक्क सहभागी हुन कार्यकर्तालाई अपील गर्नुभयो ।

यो समाचार शेयर गर्नुहोस् Facebook X