88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
national

राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश

September 24, 2026 ·
राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश
पढ्ने आकार:

राजनीतिक विष्लेषक भरत दाहाललाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले दाहाललाई रिहा गरेर तारेख गर्न आदेश दिएको हो ।

दाहालको पक्राउविरूद्व छोरी डेनी दाहालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

दाहालले ‘ग्रे(जोन’ को रिपोर्टबारे सामाजिक सञ्जालमा विचार व्यक्त गरेका थिए । उनलाई प्रहरीले साइबर अपराधको आरोपमा असोज ४ गते मोरङबाट पक्राउ गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस् Facebook X