88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
national

एनआरएनएको राहत अभियान २७औँ दिनमा, पुनर्निर्माणका लागि विज्ञसँग छलफल

September 23, 2026 ·
एनआरएनएको राहत अभियान २७औँ दिनमा, पुनर्निर्माणका लागि विज्ञसँग छलफल
पढ्ने आकार:

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान २७ औँ दिनमा पनि निरन्तर जारी रहेको छ।

यसैक्रममा बाढीपछिको पुनर्स्थापना तथा पुनर्निर्माणलाई दीर्घकालीन र प्रभावकारी बनाउन एनआरएनएका पदाधिकारीहरूले पूर्व राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग छलफल गरेका छन् । छलफलमा एनआरएनएका प्रतिनिधिहरूले संस्थाको विश्वव्यापी सञ्जाल, ज्ञान, पुँजी र प्रविधिलाई सरकारसँगको समन्वयमा परिचालन गर्न प्रतिबद्धता जनाएका छन् । विज्ञ ज्ञवालीले स्वास्थ्य, शिक्षा, जीविकोपार्जन तथा स्थायी बस्ती विकासमा प्रभावित समुदायको आवश्यकता र भौगोलिक अवस्थालाई ध्यान दिँदै सरकारसँग सहकार्य गर्न सुझाव दिनुभएको छ।

यो समाचार शेयर गर्नुहोस् Facebook X