88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

तिहारमा प्लाष्टिकका कृत्रिम फूल तथा माला बिक्रीवितरण र आयातमा काठमाडौं महानगरपालिकाको प्रतिबन्ध

तिहारमा प्लाष्टिकका कृत्रिम फूल तथा माला बिक्रीवितरण र आयातमा काठमाडौं महानगरपालिकाको प्रतिबन्ध
विज्ञापन
पढ्ने आकार:

काठमाडौं महानगरपालिकाले यस वर्षको तिहार पर्वलाई लक्षित गर्दै प्लाष्टिकका कृत्रिम फूल तथा मालाको आयात र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ। महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लाष्टिकजन्य फूलमाला तथा झल्लरहरूको प्रयोग र व्यापार पूर्ण रूपमा निषेध गरेको हो।
स्थानीय उत्पादन, मौलिक संस्कृति र पर्यावरणलाई संरक्षण गर्ने उद्देश्यका साथ महानगरले यो निर्णय लिएको हो। पछिल्लो समय तिहारजस्ता पर्वहरूमा आयातित प्लाष्टिकका मालाको प्रयोग बढ्दै जाँदा यसले सहरी फोहोर व्यवस्थापनमा समस्या सिर्जना गर्नुका साथै स्वदेशी किसानहरूले उत्पादन गर्ने फूलको बजार खस्किएको भन्दै महानगरले यो कदम चालेको हो ।
काठमाडौं महानगरपालिकाले महानगरपालिकाअन्तर्गतका सबै वडा कार्यालयहरू, बजार अनुगमन टोली र सुरक्षा निकायलाई यसको कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। महानगर क्षेत्रभित्रका व्यापारी तथा व्यवसायीहरूलाई प्लाष्टिकका फूल, माला र थुङ्गाहरू नबेच्न र स्टकमा रहेका त्यस्ता सामग्रीहरू नलैजान आग्रह गरिएको छ ।
यदि कसैले निर्देशन अवज्ञा गरी प्लाष्टिकका कृत्रिम फूल तथा मालाहरू बिक्रीवितरण गरेको पाइएमा प्रचलित कानुन तथा महानगरको नियमबमोजिम जफत गरी कडा जरिवानासहितको कानुनी कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

विज्ञापन
यो समाचार शेयर गर्नुहोस् Facebook X