मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका ६ जुरीखेलमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा परेका घाईतेहरुको नामावली सार्बजनिक गरेको छ ।
१.चालक जिल्ला दाङ राप्ति न.पा. ८ बस्ने वर्ष अं. ३२ को छुनिलाल चौधरीको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।
२.मुख्य नायधिश जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. ९ बस्ने वर्ष अं. ५७ को गोकर्ण डाँगीको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।
३.रजिष्टार जिल्ला बैतडी दशरचन्द न.पा. ७ सुर्काल बस्ने वर्ष अं. ५१ को तारादत्त बडुको शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।
४.निजको श्रीमती वर्ष अं. ४९ कि लक्ष्मी बडुको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था गम्भिर ।
५.निजको छोरा वर्ष अं. २५ को रितेन्द्र बडुको टाउकोमा चोट, अवस्था मध्यम ।
६.निजको दिदि वर्ष अं. ३१ कि रिता बडुको टाउको र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।