88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
राष्ट्रिय खबर

भन्सार छली गरी ल्याएको ८१ ग्राम ८८० मिलिग्राम सुनजस्तो देखिने पदार्थ सहित एक जना पक्राउ

August 18, 2026 ·
भन्सार छली गरी ल्याएको ८१ ग्राम ८८० मिलिग्राम सुनजस्तो देखिने पदार्थ सहित एक जना पक्राउ
पढ्ने आकार:

कैलाली जिल्ला मा भन्सार छली गरी ल्याएको ८१ ग्राम ८८० मिलिग्राम सुनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्ला बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ बस्ने ३६ वर्षीय दिपक गौर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दिपक गौरले अवैध सुनजस्तो देखिने पदार्थ कारोबारका लागि साथमा बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा धनगढी उपमहानगरपालिका–१ स्थितबाट उनलाई फेला पारेको थियो।

खानतलासी गर्दा उनको खल्तीबाट ८१ ग्राम ८८० मिलिग्राम तौल भएको सुनजस्तो देखिने पदार्थ बरामद भएको हो। बरामद पदार्थको मूल्य २१ लाख ६२ हजार १२३ रुपैयाँ बराबर रहेको छ।
गौरको साथबाट ‘निलो सुन चाँदी गहना पसल’को नाममा रहेको बिलसमेत फेला परेको थियो। उक्त बिलमा छाप नरहेको र बरामद पदार्थको स्रोतसमेत खुलाउन नसकेपछि भन्सार छली गरी ल्याएको उक्त सुन बरामद गरिएको हो।

बरामद सुनसहित गौरलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगरमा बुझाइएको छ।

यो समाचार शेयर गर्नुहोस् Facebook X