88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा सेवा निःशुल्क

बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा सेवा निःशुल्क
विज्ञापन
पढ्ने आकार:

काठमाडौं । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन तथा डेटा सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा समन्वयका कार्यलाई सहज बनाउन सञ्चार सेवा निःशुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ। प्रभावित नागरिक तथा उद्धारमा खटिएका निकायलाई आपसी सम्पर्क र सूचना आदानप्रदानमा सहजता होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यका लागि परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति लिन नपर्ने व्यवस्था समेत मिलाएको छ। आकस्मिक उद्धार तथा राहत कार्यलाई छिटो र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको जनाइएको छ।

सरकारले विपद्का बेला आवश्यक समन्वय तथा उद्धार कार्यलाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा आवश्यक सेवा र स्रोतसाधन परिचालन गरिरहेको जनाएको छ।

विज्ञापन
यो समाचार शेयर गर्नुहोस् Facebook X