88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
national

शीर्ष नेताहरूको सम्बोधन

October 4, 2026 ·
शीर्ष नेताहरूको सम्बोधन
पढ्ने आकार:

नेपालीको रेडियो संम्बाददाता, काठमाण्डौ |

नेपाली कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरू हुँदै छ।

काठमाडौंको खुलामञ्चमा असोज २२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे सुरू हुनेछ।
उद्घाटन समारोहलाई विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुनेछन् । यस्तै, श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले पनि सम्बोधन गर्ने निश्चित भएको छ ।

यो समाचार शेयर गर्नुहोस् Facebook X