88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
others

साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

October 2, 2026 ·
साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पढ्ने आकार:

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-३ बस्ने ३७ वर्षीय सरोज मल्ललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सरोजले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका-३ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस् Facebook X