88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
विज्ञापन
पढ्ने आकार:

आफ्नै श्रीमती ३९ वर्षीया सानु कुमारी कार्कीको हत्या गरेको अभियोगमा कमलामाई नगरपालिका-१० डाँडाटोल बस्ने ४१ वर्षीय मनोज कार्कीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

मनोजले सामान्य विवादको क्रममा ढुङ्गाको लोहोरो प्रहार गर्दा सानु कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विज्ञापन
-
यो समाचार शेयर गर्नुहोस् Facebook X