88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
others

यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा युवराज बिष्ट नियुक्त

यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा युवराज बिष्ट नियुक्त
विज्ञापन
पढ्ने आकार:

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज बिष्ट नियुक्त भएका छन् ।

कम्पनीको संञ्चालक समितिले बिष्टलाई नयाँ सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । नवनियुक्त सीईओ बिष्टसँग हवाई सेवा क्षेत्रमा १७ वर्षभन्दा बढी समय काम गरेको लामो अनुभव छ ।

उनले सन् २००९ मा व्यवस्थापन प्रशिक्षार्थी (म्यानेजमेन्ट ट्रेनी) का रूपमा यती एयरलाइन्सबाटै आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । व्यवस्थापन संकायमा स्नातकोत्तर (एमबिए) उपाधि हासिल गरेका बिष्टले यसअघि सोही एयरलाइन्सका विभिन्न व्यावसायिक तथा व्यवस्थापकीय पदमा रहेर महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए ।

आन्तरिक उडानमा लामो अनुभव बटुलेका बिष्टको नेतृत्वमा एयरलाइन्सको सेवा विस्तार तथा व्यवस्थापन थप प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

विज्ञापन
-
यो समाचार शेयर गर्नुहोस् Facebook X