88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
others

सहकारी ठगी मुद्दामा देवकुमार नेपाली सहित सात जनालाई कैद र जरिवाना

सहकारी ठगी मुद्दामा देवकुमार नेपाली सहित सात जनालाई कैद र जरिवाना
विज्ञापन
पढ्ने आकार:

पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन तथा ठगी मुद्दामा कास्की जिल्ला अदालतले पूर्वसंस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार, सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई आठ वर्ष कैद सजाय र रु. एक करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ । यसका साथै, उक्त सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र रु. एक करोड २६ लाख २३ हजार जरिवाना गर्ने फैसला भएको छ ।

लामो समयदेखि चर्चामा रहेको सहकारी बचत अपचलन तथा ठगीको यस प्रकरणमा अदालतबाट आएको यस फैसलाले पीडित बचतकर्ताहरूलाई न्याय दिलाउने दिशामा महत्त्वपूर्ण कदम मानेको छ।

विज्ञापन
-
यो समाचार शेयर गर्नुहोस् Facebook X