88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता
विज्ञापन
पढ्ने आकार:

सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहसँग भारतका विदेशमन्त्री महामहिम डा. एस. जयशंकरले नयाँ दिल्लीस्थित होटल ताजमहलमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध आयामहरूमाथि विस्तृत छलफल भएको छ। विशेषगरी दुई देशबीचको कनेक्टिभिटी (सम्पर्क सञ्जाल), व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा, खेलकुद (विशेषगरी क्रिकेट र फुटबल) तथा जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको हो।

उक्त भेटमा दुवै नेताहरूबीच द्विपक्षीय सहयोग र आपसी सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ एवं प्रगाढ बनाउँदै लैजाने विषयमा समेत विचार आदानप्रदान भएको छ।

विज्ञापन
-
यो समाचार शेयर गर्नुहोस् Facebook X