88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
others

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

October 2, 2026 ·
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
पढ्ने आकार:

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-५ बस्ने काठमाडौं महानगरपालिका-१५ घर भएका ४१ वर्षीय राज कुमार विडारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कञ्चनपुरबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको नेपाल प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस् Facebook X