88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
others

अवैध लागूऔषध सहित दुई जना पक्राउ

अवैध लागूऔषध सहित दुई जना पक्राउ
विज्ञापन
पढ्ने आकार:

सिरहा नगरपालिका-१३ मल्हनियाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय १२ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुबनी बेला पञ्चायत-८ घर भएका ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर-३२४ भि ७५७४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

विज्ञापन
यो समाचार शेयर गर्नुहोस् Facebook X