88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

पृथ्वी राजमार्गको घोप्टेभिरमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द, यात्रुलाई सास्ती

पृथ्वी राजमार्गको घोप्टेभिरमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द, यात्रुलाई सास्ती
विज्ञापन
पढ्ने आकार:

चितवन जिल्लाअन्तर्गत पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको घोप्टेभिर क्षेत्रमा पहिरो व्यवस्थापन तथा सडक मर्मत कार्यका लागि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार घोप्टेभिरमा लगातार सुक्खा पहिरो खस्ने, ढुङ्गा–माटो झर्ने तथा जोखिमयुक्त पहरो काट्ने काम भइरहेकाले यातायात आवागमन रोकेर सडक सुरक्षित बनाउने कार्य गरिएको हो। मर्मत तथा पहिरो पन्छाउने कामका क्रममा दिउँसोको समयमा सवारीसाधन रोकिँदा काठमाडौँ, पोखरा र चितवन आवतजावत गर्ने यात्रुहरू प्रभावित भएका छन्।

सडक सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम भइरहेको र ट्राफिक व्यवस्थापन तथा सुरक्षाका लागि प्रहरी टोली खटिएको जनाइएको छ। यसैबीच, घोप्टेभिरसँगै जोडिएका अन्य सडकखण्डमा समेत पहिरो तथा मर्मतका कारण आवागमन प्रभावित भइरहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित निकाय वा ट्राफिक प्रहरीको पछिल्लो जानकारी लिएर मात्र यात्रा गर्न प्रशासन र प्रहरीले यात्रु तथा चालकलाई आग्रह गरेका छन्।

विज्ञापन
-
यो समाचार शेयर गर्नुहोस् Facebook X