88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने

प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने
विज्ञापन
पढ्ने आकार:

प्रधानमन्त्री शाहले बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुने भएको छ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समन्वयमा आयोजना हुन लागेको यस बृहत् खेलकुद महाकुम्भको उद्घाटन समारोहमा प्रधानमन्त्री शाह प्रमुख अतिथिका रूपमा सहभागी भई प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुहुने तय भएको हो ।

प्रतियोगिताको भव्य उद्घाटनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । उद्घाटन समारोहमा सातै प्रदेश, तीन विभागीय टोली (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) तथा एनआरएनए (गैरआवासीय नेपाली संघ) का खेलाडीहरूको मार्चपास, विभिन्न जातजातिको कला–संस्कृति झल्किने झाँकी तथा विशेष सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् ।

खेलकुदको माध्यमबाट राष्ट्रिय एकता सुदृढ गर्ने र अन्तर्राष्ट्रिय स्तरका प्रतिभावान खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्यका साथ दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न लागिएको हो । उद्घाटन समारोहपछि विभिन्न खेल विधाका प्रतिस्पर्धाहरू निर्धारित तालिका अनुसार सञ्चालन हुनेछन् ।

विज्ञापन
-
यो समाचार शेयर गर्नुहोस् Facebook X