88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

रवि लामिछानेको विशेष सम्बोधनसँगै कर्णालीमा रास्वपाको प्रशिक्षण आज समापन हुँदै

रवि लामिछानेको विशेष सम्बोधनसँगै कर्णालीमा रास्वपाको प्रशिक्षण आज समापन हुँदै
विज्ञापन
पढ्ने आकार:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आज पार्टी सभापति रवि लामिछानेको विशेष सम्बोधनसँगै समापन हुँदैछ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सहभागी नेता तथा कार्यकर्ताहरूलाई सङ्गठन सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा र समसामयिक विषयमा प्रशिक्षण दिन उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रशिक्षणको अन्तिम दिन आज सभापति लामिछानेले पार्टीको भावी रणनीति, सुशासनका एजेन्डा र कर्णालीको विकासमा रास्वपाको भूमिकाबारे विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेश समितिले जनाएको छ ।

पार्टीलाई तल्लो तहसम्म बलियो बनाउने उद्देश्यका साथ सञ्चालित यस प्रशिक्षणमा केन्द्रीय तहका नेताहरूले समेत विभिन्न विषयमा सहजीकरण गरेका थिए। आजको समापन सत्रमा कर्णालीका सबै जिल्लाका प्रतिनिधि तथा स्थानीय नेताहरूको बाक्लो उपस्थिति रहने बताइएको छ ।

विज्ञापन
-
यो समाचार शेयर गर्नुहोस् Facebook X