88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
national

नेपाल–भारत आर्थिक साझेदारी विस्तारबारे वाग्ले र सीतारमणबीच भेटवार्ता

September 17, 2026 ·
नेपाल–भारत आर्थिक साझेदारी विस्तारबारे वाग्ले र सीतारमणबीच भेटवार्ता
पढ्ने आकार:

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका अर्थ तथा वित्तीय मामिलामन्त्री निर्मला सीतारमणबीच नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।

बिहीबार भएको भेटमा नेपाल–भारत आर्थिक साझेदारीलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

भेटमा विकास सहकार्य, बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटी लगायतका पारस्परिक हितका विषयमा छलफल भएको थियो।

दुवै मन्त्रीबीच नेपाल–भारतबीच लामो समयदेखि कायम आर्थिक सम्बन्धलाई थप व्यापक बनाउँदै सहकार्यका नयाँ क्षेत्र विस्तार गर्ने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस् Facebook X