कंञ्चनपुरको महाकाली नदीमाथि रहेको ऐतिहासिक दोधारा-चाँदनी झोलुङ्गे पुलको दोधारातर्फको भाग (करिब ५-६ मिटर) बिहान माथि उठेको र लगत्तै पिल्लर भत्किएर पुल चुँडिएको छ।
पुल भाँचिएर महाकाली नदीमा लर्तिए पछि उक्त झोलुङ्गे पुलबाट हुने आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। दोधारा चाँदनीलाई महेन्द्रनगरसँग जोड्ने यो पुल निकै पुरानो र जीर्ण बन्दै गएको थियो । लामो र पुरानो पुल भएता पनि कंञ्चनपुर आशपास भएर हिड्ने आन्तरिक र बाह्य पर्यटकलाई शेवा दिदै यो पुलले आएको थियो । नेपालमा एक मात्र यती लामो झुलुङ्गे पुल भएको ले पनी पर्यटकको पुग्ने स्थान भएको थियो । अनबरत रुपमा आएको बाढी र लेदो ले पुलको लठ्ठालाई निरन्तर धक्का दिएको ले लठ्ठा ढल्दा पुल चुँडिएको हो ।
हालै महाकाली नदीमा नयाँ पक्की पुल निर्माण भइसकेकाले सर्वसाधारणले प्राय: पक्की पुलबाटै आवतजावत गर्दै आएका छन्।