88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
national

दुर्गा प्रसाईको तर्फत बाट गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी

September 30, 2026 ·
दुर्गा प्रसाईको तर्फत बाट गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी
पढ्ने आकार:

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको गिरफ्तारी गैरकानूनी रहेको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण (Habeas Corpus) रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी को नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

अदालतले प्रसाईंलाई पक्राउ गर्नु र थुनामा राख्नुको स्पष्ट कानूनी आधार तथा कारणसहित लिखित जवाफ पेस गर्न र प्रसाईंलाई समेत अदालतमा उपस्थित गराउन/प्रस्तुत गर्न आदेश दिएको छ।

गैरकानूनी रूपमा नियन्त्रणमा लिइएको भन्दै प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो। अब विपक्षी ले अदालतले तोकेको समयावधिभित्र पक्राउ गर्नुको कानूनी कारणसहित लिखित जवाफ पेस गर्नुपर्नेछ ।

त्यसपछि मात्र अदालतले दुवै पक्षको बहस सुनेर प्रसाईंलाई थुनामुक्त गर्ने वा थुनामै राखेर अनुसन्धान गर्न दिने भन्नेबारे अन्तिम फैसला वा आदेश दिनेछ ।

यो समाचार शेयर गर्नुहोस् Facebook X