88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन जना घाइते

साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, तीन जना घाइते
विज्ञापन
पढ्ने आकार:

साउदी अरबको अधिराज्यमा हालै भएका आक्रमणमा एक नेपाली नागरिकको दुःखद निधन भएको छ भने अन्य तीन जना नेपाली नागरिक घाइते भएका छन्।

घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने बाँकी दुई जनाको अस्पतालमा उपचार भइरहेको छ।

घटनाप्रति दुःख व्यक्त गर्दै नेपालले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नेपालले कुनै पनि बहानामा सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने स्पष्ट पारेको छ।

त्यसैगरी, नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन र विवाद तथा द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आग्रह गरेको छ।

विज्ञापन
-
यो समाचार शेयर गर्नुहोस् Facebook X