88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
सूचना / प्रबिधि / अर्थ / ब्यापार

भदौ १५ सम्म म्याक्सस ई–टेरेनमा विशेष छुट, ४४ वटा बुकिङ

August 18, 2026 ·
भदौ १५ सम्म म्याक्सस ई–टेरेनमा विशेष छुट, ४४ वटा बुकिङ
पढ्ने आकार:

सन्तोष भट्टराई, काठमाडौं !

हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई–टेरेन इलेक्ट्रिक पिकअप ट्रक बुकिङ भएको जनाएको छ। कम्पनीका अनुसार बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सन रहेका छन्।

कम्पनीले करिब तीन साताअघि मात्रै सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनलाई रु. ८८ लाखमा बजारमा ल्याएको थियो। नाइमा अटो शोको अवसरमा उक्त मोडलमा रु. २ लाख छुट दिइएको थियो। त्यस्तै, रु. १ करोड २८ लाख मूल्य तोकिएको प्रिमियम भर्सनमा रु. ५ लाख छुटको व्यवस्था गरिएको थियो।

यो छुट सुविधा नाइमा मोबिलिटी एक्सपो अवधिभरका लागि मात्रै तय गरिएको भए पनि ग्राहकहरूको आग्रहपछि कम्पनीले अफरलाई भदौ १५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको जनाएको छ। छुट सुविधामा म्याक्सस ई–टेरेन खरिद गर्न इच्छुक ग्राहकले काठमाडौंको हात्तीसारस्थित म्याक्ससको सोरुममा पुगेर बुकिङ गर्न सक्नेछन्।

‘परिवार र व्यवसायका लागि एउटै सवारी’ भन्ने नारासहित बिक्री सुरु गरिएको म्याक्सस ई–टेरेन छोटो समयमै नेपाली बजारमा आकर्षण बढाउन सफल भएको कम्पनीको दाबी छ। विशेषगरी युवा पुस्ता, कच्ची सडकमा नियमित यात्रा गर्नुपर्ने ग्राहक तथा क्याम्पिङमा रुचि राख्नेहरूका बीच यो पिकअप लोकप्रिय हुँदै गएको जनाइएको छ।

आक्रामक डिजाइन, सुविधा सम्पन्न कारमा पाइने विभिन्न फिचर तथा व्यावसायिक र व्यक्तिगत दुवै प्रयोजनमा प्रयोग गर्न सकिने क्षमताका कारण ई–टेरेनप्रति ग्राहकको आकर्षण बढेको कम्पनीको भनाइ छ। उच्च ग्राउन्ड क्लियरेन्सका कारण निर्माण तथा जलविद्युत् आयोजनासम्बन्धी क्षेत्रमा काम गर्ने व्यवसायीका लागि समेत यो विद्युतीय पिकअप उपयोगी र किफायती हुने कम्पनीले जनाएको छ।

म्याक्सस ई–टेरेन चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी SAIC अन्तर्गतको Maxus ब्रान्डले उत्पादन गरेको हो। उत्पादन कम्पनीको विश्वसनीयता तथा हिमालय मोटोरोक्सले बिक्रीपछिको सेवाका लागि स्पेयर पार्ट्स र सर्भिस सुविधा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धताले समेत नेपाली बजारमा ग्राहकको विश्वास बढ्दै गएको कम्पनीको भनाइ छ।

कम्पनीले भदौ १५ सम्म कायम रहने विशेष छुटबाट लाभ लिन चाहने ग्राहकलाई समयमै म्याक्ससको हात्तीसारस्थित सोरुममा सम्पर्क गरी बुकिङ गर्न आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस् Facebook X