हेलिकोप्टर तथा ड्रोनसँग सम्बन्धित सबै संघ–संस्थालाई खोज तथा उद्धार कार्यमा सहयोग गर्न राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणले बिशेष अनुरोध गरेको छ।
प्राधिकरणले हेलिकोप्टर तथा ड्रोन सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित संघ–संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वय गरी खोज तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको हो।
विपद् वा आपत्कालीन अवस्थामा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन उपलब्ध हेलिकोप्टर, ड्रोन तथा सम्बन्धित जनशक्तिको समन्वयात्मक परिचालन आवश्यक रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सम्बन्धित सबै पक्षलाई सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग निरन्तर समन्वयमा रही आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।
यसैबीच, खोज तथा उद्धारजस्तो संवेदनशील कार्यमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सुरक्षित रूपमा स्रोत–साधन परिचालन गर्नुपर्नेमा जोड दिइएको छ।