88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
राष्ट्रिय खबर

केरुङ बाढीपहिरोमा उद्धार तीव्र पार्न चिनियाँ प्रधानमन्त्रीको निर्देशन

August 26, 2026 ·
केरुङ बाढीपहिरोमा उद्धार तीव्र पार्न चिनियाँ प्रधानमन्त्रीको निर्देशन
पढ्ने आकार:

लक्ष्मी लम्साल, बेईजिङ ।

चिनियाँ प्रधानमन्त्री ली छियाङले केरुङ क्षेत्रमा आएको बाढीपहिरोपछि बेपत्ता तथा प्रभावितको संख्या तत्काल यकिन गरी उद्धार र राहत कार्य तीव्र पार्न निर्देशन दिएका छन् ।

सिन्ह्वा समाचार समितिका अनुसार उनले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्न तथा वैज्ञानिक उद्धार विधि अपनाउन जोड दिएका छन् । साथै, परराष्ट्र मन्त्रालयलाई सम्बन्धित देशसँग समन्वय गरी घटनाबारे जानकारी आदानप्रदान गर्न निर्देशन दिएका छन् ।

मुख्य बाढीको मौसम जारी रहेकाले सम्भावित विपद् जोखिम तथा लुकेका खतराको पहिचान, अनुगमन र पूर्वसूचना प्रणाली सुदृढ गर्दै जनधनको सुरक्षा सुनिश्चित गर्न पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस् Facebook X