88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
others

असोज १९ देखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेज बन्द हुने : आइस्पान

असोज १९ देखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेज बन्द हुने : आइस्पान
विज्ञापन
पढ्ने आकार:

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले आगामी असोज १९ गते सोमबारदेखि सस्तो मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू बन्द गर्ने निर्णय गरेको छ ।

आइस्पानले एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । आइस्पानका अनुसार विगतका वर्षहरूमा भएको मूल्यवृद्धि, फाइबरको मूल्यमा भएको भारी वृद्धि, अत्याधिक मुद्रास्फीति तथा एआई को तीव्र विकासले गर्दा चिपसेट लगायतका उपकरण को मूल्य ह्वात्तै बढेको छ । जसका कारण इन्टरनेट सेवा प्रदायक हरूको सञ्चालन खर्च धान्न गाह्रो परेकाले पुराना सुलभ मूल्य र कम स्पिडका प्याकेजहरू निरन्तरता दिन असमर्थ भएको जनाएको छ ।

असोज १९ गते सोमबारदेखि सुलभ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नहुने समेत जारी बिज्ञप्ति मा जनाईएको छ।

इन्टेरनेट शेवा प्रदायक हरूलाई गुणस्तरीय सेवा प्रदान गर्न, नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत रेट अनुसार वेबसाइटमा दररेट राख्न र ग्राहकहरूलाई अनिवार्य रूपमा भ्याट बिल लिन समेत अनुरोध गरिएको छ।

आइस्पानका अध्यक्ष सुधीर पराजुलीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा यस विषम परिस्थितिमा सहयोग गर्न ग्राहकवर्ग तथा सरोकारवालाहरूसँग आग्रह गरिएको छ।

विज्ञापन
यो समाचार शेयर गर्नुहोस् Facebook X