88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

नेपाली कांग्रेसद्वारा सञ्चारगृहमा प्रहरी हस्तक्षेपको विरोध

नेपाली कांग्रेसद्वारा सञ्चारगृहमा प्रहरी हस्तक्षेपको विरोध
विज्ञापन
पढ्ने आकार:

नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्र छाड्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका तर्फबाट जारी गरिएको विज्ञप्तिमा कानुन विपरीत गरिएको यस्तो पक्राउ र ‘ह्यारेसमेन्ट’ तत्काल बन्द गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

सञ्चार कक्षमै प्रहरी परिचालन गरी धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको र लोकतन्त्रका लागि यो अत्यन्त दुःखी तथा चिन्ताजनक विषय भएको कांग्रेसले उल्लेख गरेको छ। स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ रहेको स्पष्ट पार्दै, यदि कुनै सञ्चार माध्यम वा पत्रकारबाट त्रुटि भएमा त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियाहरू विद्यमान रहेको बताइएको छ।

ती प्रक्रियालाई पूर्ण रूपमा बेवास्ता गर्दै सञ्चारगृहमा प्रहरी हस्तक्षेप हुनु कानुनको शासनलाई लत्याउने प्रवृत्ति भएको भन्दै नेपाली कांग्रेसले यस घटनाको कडा शब्दमा घोर बिरोध गरेको छ। साथै, सरकारसँग नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक हस्तक्षेप रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता कदम तत्काल सच्याउन पुनः आग्रह गरिएको छ।

विज्ञापन
यो समाचार शेयर गर्नुहोस् Facebook X