88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
national

कांग्रेसको १५औँ महाधिवेशन आज: खुलामञ्चमा उद्घाटन,

October 4, 2026 ·
कांग्रेसको १५औँ महाधिवेशन आज: खुलामञ्चमा उद्घाटन,
पढ्ने आकार:

नेपालीको रेडियो संम्बादाता, काठमाडौँ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार) देखि काठमाडौँको खुलामञ्चमा औपचारिक रूपमा सुरु हुँदै छ ।

दिउँसो २ बजे विशेष समारोहका साथ उद्घाटन हुने यो महाधिवेशन आगामी असोज २२ गतेसम्म सञ्चालन हुनेछ।

कांग्रेसले यसपटकको महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक सहभागिता रहने जनाएको छ। देशका ७७ वटै जिल्ला तथा विदेशस्थित विभिन्न जनसम्पर्क समितिहरूबाट सात हजारभन्दा बढी प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन् । महाधिवेशनले पार्टीको आगामी नीति र नयाँ नेतृत्व चयन गर्नेछ।

यो समाचार शेयर गर्नुहोस् Facebook X