88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणमा प्रस्थान

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणमा प्रस्थान
विज्ञापन
पढ्ने आकार:

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, माननीय गृहमन्त्री सुधन गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य माननीय जगदीश खरेल तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले बिदाइ गर्नुभयो ।

विज्ञापन
-
यो समाचार शेयर गर्नुहोस् Facebook X