88.8 MHz · नेपालमा तपाईंको आवाज
विज्ञापनविज्ञापन
national

प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि नयाँ दिल्लीमा

प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि नयाँ दिल्लीमा
विज्ञापन
पढ्ने आकार:

नयाँ दिल्ली । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका सिलसिलामा नयाँ दिल्ली आइपुग्नुभएको छ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएका प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे तथा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले न्यानो स्वागत गर्नुभएको छ ।

यसैगरी, विमानस्थलमा भारतको विदेश मन्त्रालय (उत्तर) का अतिरिक्त सचिव मुनु महावरका साथै भारत सरकार र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अन्य वरिष्ठ अधिकारीहरूले समेत प्रधानमन्त्रीको स्वागत गर्नुभएको थियो ।

विज्ञापन
-
यो समाचार शेयर गर्नुहोस् Facebook X