88.8 MHz · नेपालमा तपाईंको आवाज
LIVE · Nepaliko Radio 88.8 MHz
others

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि
पढ्ने आकार:

काठमाडौं ।
विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ।

संसदीय सुनुवाइ समितिको आज बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी तथा उनीहरूले पेश गरेका कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिनेछ। प्रस्तावित १३ राजदूतविरुद्ध कुल ७ वटा उजुरी परेको जनाइएको छ।

सरकारले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको छ।

संसदीय सुनुवाइपछि नाम अनुमोदन भए सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त गर्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

यो समाचार शेयर गर्नुहोस् Facebook X